दाङका दुबै उपमहानगरपालीकामा एमाले नै अगाडी



दाङ,१९ असार
दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा नेकपा एमालेले अग्रता लिइरहेको छ।
जिल्ला निर्बाचन कार्यलय दाङले दिएको पछिल्लो जानकारीअनुसार घोराहीमा ४५ हजार मत गन्दासम्म एमालेका नरुलाल चौधरीले १९७८२ मत पाएर अग्रता लिएका छन्। नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १५५४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। माओवादी केन्द्रका जीवन गौतम १०५४९ मत ल्याएर तेस्रो स्थानमा छन्।

यहाँ उपमेयरमा पनि एमालेकी सीता न्यौपाने १८५५१ मत ल्याएर अग्रस्थानमा छिन्। उनलाई नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले १५६६२ मतका साथ पछ्याइरहेकी छन्। यहाँ माओवादी केन्द्रकी सीता चौधरी ११२४० मत पाएर तेस्रो स्थानमा छिन्।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिकामा २५ हजार मत गन्दासम्म नेकपा एमालेका घनश्याम पाण्डेले ९८५१ मतका साथ अग्रता लिएका छन्। नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ७३२७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। माओवादी केन्द्रका शुराम भण्डारी २६३० मत ल्याएर तेस्रो स्थानमा छन्।

यहाँ उपमेयरमा पनि एमालेकी माया आचार्य ८६५४ मत ल्याएर अग्रस्थानमा छिन्। उनलाई नेपाली कांग्रेसकी देविका नेपालीले ८१४४ मतका साथ पछ्याइरहेकी छन्। यहाँ माओवादी केन्द्रकी सीता ओली २७३४ मत पाएर तेस्रो स्थानमा छिन्।

दाङ जिल्लामा पर्ने अर्को ठूलो सहर लमहीको नतिजा भने अलि फरक छ।

लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जोगराज चौधरीले २९६७ मत पाएर अग्रता लिइरहेका छन्। अहिलेसम्ममा १५ हजार मत गन्दा उनले यति मत पाएका हुन्। उनलाई नेकपा एमालेका कुलबहादुर केसीले २२७८ मत ल्याएर पछ्याइरहेका छन्। माओवादी केन्द्रका द्रौपदा पौडेल १८१८ मत ल्याएर तेस्रो स्थानमा छिन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका देवका बेल्बासेले २०६८ मत पाएर अग्रता लिइरहेकी छन्। उनलाई पछ्याइरहेको नेकपा एमालेकी मीनादेवी गुरुङले २१७३ मत ल्याएकी छन्। माओवादी केन्द्रका कालुराम चौधरी १८७७ मतका साथ तेस्रो स्थानमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्