संस्थागत विकास कार्यशाला गोष्ठी



सैघाली खबर
घोराही, २६ जेठ । ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी ’ भन्ने मुलनाराका साथ शनिवार घोराहीमा सहकारीहरुको संस्थागत विकास लागि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ दाङको आयोजनामा सदस्य केन्द्रीयता सूचाकाङ्कका आधारमा संस्थागत विकास मापन प्रणालीमा कार्यव्यन कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रमममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले सहकारीको विकास नै समृद्धिको आधार रहेको बताउनुभयो । सहकारीको विकास कृषि र व्यापार व्यावसायको विकास फष्टाउदै गइरहेकाले बताउनुभयो ।

उक्त कार्यशाला गोष्ठीमा जिल्लाभरका ४३ वटा सहकारीका प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभासगिता रहेको थियो । उक्त कार्यशाला गोष्ठीको सहकारी डिभिजन कार्यालय दाङका प्रमुख विनोद कुमार पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्