अझै कम्लहरी !



गिरिराज नेपाली
दाङ २६ जेठ । २०७० असार १३ गते नेपाल कम्लहरी मुक्त राष्ट्र घोषणा गरिएको करिव पाँच वर्ष पुरा हुदैछ । मुलुक कम्लहरी मुक्त राष्ट्र भएपनि पश्चिम नेपालका पाँच जिल्लामा थुप्रै वालवालिकाहरुले कम्लहरीको दासताको जीवनवाट मुिक्त पाउन सकेका छैनन् ।
राज्यले प्रभावकारी रुपमा कानुन कार्यन्वयन गर्न नसक्दा कम्लहरी मुक्त राष्ट्र भएपनि कम्लहरीहरुले मुक्ति हुन सकेको छैनन् । जसका कारण अझै धेरै वालवालिकाहरु कम्लहरीकै दासतामा बाँचिरहनु परेको छ ।

मुक्त कमलहरी विकास मञ्च केन्द्रीय कार्यालय दाङका अनुसार पश्चिम नेपालका पाँच जिल्लामा अझै ९० जना वालवालिकाहरुले कम्लहरीको दासता जीवन बिताईरहेको जनाएको छ । जस मध्ये दाङमा २१ जना, बाँकेमा ५, बर्दियामा ३६ जना , कैलालीमा २१ र कञ्चनपुरमा ७ जना रहेको मञ्चकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । जसमा कम्लहरी मुक्त राष्ट्र घोषणा पछि ५५ जना कम्लहरी बसेको उहाँले बताउनुभयो । जसमध्ये १६ वर्षमुनिका ४७ र १७ वर्षमा माथिका ४३ जना रहेका रहेको जनाएको छ ।

घरमालिकहरुले वालवालिकाहरु शारिरीक तथा मानसिक यातना समेत दिने गुनासाहरु मञ्चमा परेको उहाँले बताउनुभयो । बधुवा जीवनको यातना र तिरष्कारको जीवन कम्लहरीहरुले भोग्नु परीरहेको उहाँको भनाई छ ।

आयस्तरको अभाव र पुरातन मानसिक्ताका कारण वालावालिकाहरु कम्लहरी दासता बाँचिरहनु परेको उहाँले बताउनुभयो । ‘खान, लाउन पढाई दिन्छु जस्ता प्रलोभन देखाइ कम्लहरी राख्ने प्रचलन अझै कायममै छ । ’ – उहाँले भन्नुभयो । जसका लागि राज्य नै उदासिन रहेकाले मुक्त राष्ट्रमै मुक्ति पाउन नसकेको उहाँको गुनासो छ । चौधरीले पुनः थप्नुभयो– ‘अधिकाश कम्लहरीहरु सरकारी कर्मचारी र उद्योगी अर्थात सामाजिक गन्यमान्यहरुकै घरमा छन । ’ जसले गर्दा वालवालिकाहरुको उद्धारमा चुनौती देखिएको उहाँको भनाई छ ।

पुनःस्थापनाका लागि राज्य उदासिन
कम्लहरीको जीवन बिताईरहेकाले वालवालिको पुनःस्थापनाका लागि राज्य उदासीन बनेको छ । पूर्व कमलहरी एवं कम्लहरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरीले कम्लहरी वालवालिकाहरुको पुनःस्थापनाका लागि राज्य संवेदनशील बन्न नसकेकाले समस्या बढ्दै गईरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘राज्यले न खोज तलास गर्न सक्छ ,न कुनै कानुनी अस्त्र प्रयोग गरी कार्वाही गर्न सक्छ । कम्लहरी राख्ने र राख्नमा सघाउ पु¥याउनेहरुको पक्षमा राज्य पक्षपोषण गर्छ । ’

जसले गर्दा नै थारु एवं विपन्न समुदायका वालावालिकाहरु अझै कम्लहरी भई बाँच्नु परिरहेको छ । कमैयाका विषयहरु राज्यलाई राज्यले सुुनुवाई गर्न नचाहेको उहाँले बताउनुभयो ।

उद्धारका लागि एक महिने अभियान
कम्लहरीको जीवन बिताईरहेका वालवालिकाहरुको लागि पुनःस्थापनका लागि मुक्त कमलहरी विकास मञ्चले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

दाङ , बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेकाले ९० जना वालवालिकाहरुको उद्धारका लागि मञ्चले महिने दिने अभियान सञ्चालन गरी पुनःस्थापना गर्ने जनाएको छ । जेठ ३० गते कम्लहरी राखिएका वालवालिकाहरुको उद्धारका लागि स्थानीय तह देखी मन्त्रालय सम्ममा विविध कार्यक्रम तथा छानविन गर्दै वालवालिकाहरुको पुनःस्थापना गर्ने जनाएको छ ।

९० जना वालवालिकाहरु रहेकाल ४२ वटा स्थानीय तहहरुमा नामनामेसी सहितको विवरण पेश देखी कम्लहरी राख्ने मालिक सम्मलाई मुद्धा दर्ता गर्ने समेत काम अभियानले गर्ने मञ्चकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो ।

कम्लहरी जीवन बिताईरहेकाले वालवालिकाहरुको मुक्तिको यो महान कार्यमा सवैले सहयोग गरिन उहाँले त्रिकार सम्मेलन मार्फत आग्रह गर्नुभयो । मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक विर वहादुर नेपालीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्