कानुन व्यावसायीहरुलाई दुईदिने अभिमुखीकरण



सैघाली खबर
दाङ, २६ जेठ । कानुन व्यावसायीहरुका लागि दुईदिने अभिमुखीकरण तालिम शनिवार सम्पन्न भएको छ । मुलुकी देवानी र अपराध ऐन तथा कार्यविधि २०७४का वारे राप्ती अञ्चल स्तरिय काुनन व्यावसायीहरुका लागि दुईदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।

नेपाल बार एशोसियशन जिल्ला बार एकाई दाङ र उच्च वार एकाई तुलसीपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला वार एकाई दाङका अध्यक्ष प्रदिपा कुमार गौतमको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश नहकुल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिमको प्रशिक्षकहरुमा उच्च अदालत तुलसीपुरका मुख्यन्यायधीश नहकुल सुवेदी, न्यायधीश महेश शर्मा पौडेल, जिल्ला न्यायधीश हेमन्त रावल, ईश्वरी प्रसाद गौतम, जिल्ला सरकारी वंकिल कार्यालयका न्यायधिवक्ता चन्द्र वहादुर सिंजाली रहनुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला वार एकाईका सचिव किरण कुमार रेग्मीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्