देशभर हलेदो र अदुवाको नयाँ जात बिस्तार



सल्यान, २७ जेठ ।
किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावाली अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा बीउ पुर्याएको छ । विशेष गरि हलदोको विउ बिक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको बीउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस कार्यक्रमले कपुरकोट हलेदो १ र कपुरकोट अदुवा १ जात देशका विभिन्न जिल्लामा किसान तथा किसान समूहहरुले लगेको जानकारी दिएको छ ।


प्रधानमन्त्री आधुनिकरण परियोजना धरानमा पाँच सय किलो, जाजरकोटको छेडा नगरपालिकामा एक सय किलो र प्युठानको स्वर्गद्धारी नगरपालिकामा दुई सय किलो हलेदो (बेसार) को बीउ गएको अनुवावाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको कपुरकोटमा रहेको आफ्नो जमिनमा एक हार किलो बेसारको विउ रोपिएको छ । शर्माका अनुसार ‘कपुरकोट हलेदो–१ जातको हलेदोको उन्नत बीउ प्रति किलो ८० रुपैयाँको दरले विक्रि भएर गएको छ भने अदुवाको जात हामीले पैँचोको रुपमा किसान र विभिन्न समूहहरुलाई दिएको छ ।

पछिल्लो समय नयाँ र उन्नत जातको हलेदो तथा अदुवाको विउबाट बढि उत्पादन लिन सकिने भएकाले विस्तारै किसानहरुको नयाँ जात तर्फ आकर्षण बढ्दै गएको अदुवावालि अनुसन्धान कार्यक्रमका वैज्ञानीक डाक्टर जनार्दन गौतमले जानकारि दिएका छन् । उनले भने, ‘व्यवशायीक किसानले बढि भन्दा बढि फाइदा लिन नयाँ जातको विउ रोप्न जरुरी छ । किन भने उन्नत जातमा रोग किराको प्रकोपबाट बच्न सक्ने र बढि उत्पादन दिन सक्ने क्षमता हुन्छ ।

यसैविच अदुवावाली अनुसन्धान कार्यक्रमले अदुवा र बेसारको अलावा मकैको विउ पनि उत्पादन गर्ने गरेको छ । हरेक वर्ष २० क्वीन्टल बढि मकैको मुल विउ उत्पादन हुने गरेको बैज्ञानीक गौतमले जानकारी दिनुभयो । यसपालि पनि मनकामना–३ जातको मकैको बीउ २२ क्वीन्टल बढि उत्पादन भएको उहाँले वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्