दाङ,१९ असार
दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका भागिराम चौधरी ३१६१ मतका साथ विजयी भएका हुन् ।
नेपाली कांग्रेसका यज्ञरानारायण आचार्यलाई रोकेर चौधरी विजयी भएका हुन् । आचार्यले २८४१ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने कांग्रेसकी पीमा खड्का ३०६७ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सिमा न्यौपानेलाई २९४१ मतमा रोक्दै खड्का विजयी भएकी हुन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।