साहित्य/कला

दाङको दंगीशरण गाउँपालिकामा अध्यक्षमा एमाले ,उपाध्यक्षमा काग्रेशं बिजयी

By थाहा अनलाइन

July 03, 2017

दाङ,१९ असार दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका भागिराम चौधरी ३१६१ मतका साथ विजयी भएका हुन् ।

नेपाली कांग्रेसका यज्ञरानारायण आचार्यलाई रोकेर चौधरी विजयी भएका हुन् । आचार्यले २८४१ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने कांग्रेसकी पीमा खड्का ३०६७ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सिमा न्यौपानेलाई २९४१ मतमा रोक्दै खड्का विजयी भएकी हुन् ।