प्रदेश ५

देश समृद्धिको यात्रामा अघि बढ्यो पूर्बमन्त्री बस्नेत

By थाहा अनलाइन

June 10, 2018

दाङ २७ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले मुलुक समृद्धिको यात्रामा अगाडी बढेको वताउँनु भएको छ रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्बमन्त्री बस्नेतले यस्तो वताउँनु भएको हो ।

 

नयाँ संरचना अनुसार तीनै तहको सरकार गठन भईसकेको बताउँदै एउटा सरकारले गरेको काम अर्को सरकारले उल्टाउने प्रबृति अन्त्य भएको वताउँनुभयो ।पूर्व मन्त्री बस्नेतले संबिधान कार्यान्वयनको बिषयमा शंका उब्जिरहेको भन्दै जनताले बिश्वास गर्ने गरी संबिधान कार्यान्वयनलाई अगाडि बढाउने समेत बताउँनुभयो ।रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरण रिपोर्टस् क्लब दाङका सदस्य सन्तोष केसीले गर्नु भएको थियो ।