तुलसीपुरमा पहिलो होमस्टे



 

तुलसीपुर २७ जेठ ।

तुलसीपुरमा पहिलो पटक होमस्टे सञ्चालनमा ल्याईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ३ रामीबाट होमस्टे सञ्चालनमा ल्याईएको हो । करिब ४० लाखको लगानीमा सामुदायिक होम स्टे सञ्चालनमा ल्याईएको सञ्चालक दोर्ण आचार्यले बताए । होमस्टेको मापदण्ड पु¥याएर सञ्चालनमा ल्याएको उनले बताए । बर्तमान सरकारले होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको भन्दै त्यसै अनुसार आफुले होमस्टे सञ्चालनमा ल्याएको उनले बताए । समृद्धिको एउटा आधार ब्यबसाय भएको भन्दै उनले आर्थिक समृद्धिका लागि ब्यबसाय शुरु गरेको बताए । उनले होमस्टेमा स्थानीय परिकार ढिलो, सिस्नो, लोकल कुखुराको परिकार, मुहानको चिसो पानी, दाङमै पहिलो पटक ट्रड माछा आफै रोजेर खान पाईने, पानीको फोहोराको अबलोकन गर्न सकिने, एकान्त वातावरण रहेको उनले बताए । सिंगापुर गएर फर्किय पछि आफुमा होमस्टे सञ्चालन गर्ने साँेँच पलाएको उनको भनाई थियो । धेरै युवाहरु बिदेश पलाईन भईरहेको अबस्थामा आफ्नै गाउँठाउँमा ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै होमस्टे सञ्चालनमा ल्याएको उनले बताए । अहिले उक्त होमस्टेमा १० जना कर्मचारीले काम गरिरहेको उनको भनाई छ ।

यसैबीच सामुदायिक होमस्टेको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष राम प्रसाद चालिसेले उक्त होमस्टेको उद्घाटन गरेका हुन् । पसल सञ्चालक दोर्ण आचार्यका अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष चालिसेले दाङमै पहिलो होम स्टे तुलसीपुरमा सञ्चालनमा ल्याउनु राम्रो कुरा भएको बताएका थिए । त्यस अबसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्यबस्थित र सुरक्षित र ईमान्दारी तरिकाले ब्यबसाय शुरु गर्न सुझाब दिएका थिए ।

त्यस अबशरमा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले ब्यबसाय नै समृद्धिको आधार भएकाले युवाहरु ब्यबसायमा लाग्नु सकारात्मक भएको प्रतिक्रिया दिए । कार्यक्रमको सहजीकरण पत्रकार तेज वलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्