नेकपाको जिल्ला स्तरको एकता प्रकृया चल्दैछ -नेता बस्नेत



दिपक बोहरा,
तुलसीपुर २७ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्बमन्त्री बस्नेतले नयाँ संरचना अनुसार तीनै तहको सरकार गठन भईसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब संमृद्धिको मार्गमा अघि बढिसकेको बताए । ‘बिगतका सरकार अस्थिर हुने भएकाले एउटा सरकारले गरेको काम अर्को सरकारले उल्टाउने प्रबृति थियो’उनले भने‘ तर अब पाँच बर्षमा कम्युनिष्टको स्थिर सरकार हुने भएकाले बिकास र समृद्धिको मार्गमा मुलुक अघि बढ्छ ।’

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले मुलुक संबिधान कार्यान्वयनको चरणमा अघि बढेको भन्दै जनताले नदेखेको भबिष्य देखाउन लागि परेको समेत बताए । ‘संबिधान कार्यान्वयनको चरणमा अघि बढिसेकेको छ’उनले भने‘ हामी जनताले नदेखेको भबिष्य देखाउन प्रयत्न गरिरहेका छौं ।’ उझै पनि संबिधान कार्यान्वयनको बिषयमा संका उब्जिरहेको भन्दै उनले जनताले बिश्वास गर्ने गरि संबिधान कार्यान्वयनलाई अगाडि बढाउने बताए । उनले अब राजनीतिक लडाई सकिएको भन्दै मुलुक बिकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए ।

समृद्ध नेपाल निर्माणका लागि दुई ठुला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको समेत उनको भनाई थियो । अहिले मुलुकले बिकास चाहेको भन्दै सरकार स्थिर भएमा बिकास र समृद्धिको मार्गमा मुुलुक अघि बढ्ने बताए । जसले गर्दा पनि दुई ठुला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको उनको भनाई थियो । उनले अबको तीन महिना भित्र जिल्लास्तरमा पनि पार्टी एकता भईसक्ने बताए । ‘जिल्लामा पार्टीको संरचना कस्तो बन्ने भन्ने कुराको टुंगो लागिसकेको छ’उनले भने‘अब त्यही अनुसार प्रदेश ईञ्चार्ज र संयोजकले गृहकार्य अगाड बढाउनुहुन्छ ।’ साक्षात्कारको सहजीकरण रिपोर्टस् क्लब दाङका सदस्य सन्तोष केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्