ट्रेनभित्र चक्कु प्रहार, एकको मृत्यु, दुई महिला घाईते ।।



सैघाली खबर, २७ जेठ।
बुटेल ट्रेनभित्र एक व्यक्तिले चक्कु प्रहार गरेर एक यात्रुका हत्या गरेका छन् । जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।

स्थानीय संचारमाध्यमहरुका अनुसार चक्कु प्रहारबाट अन्य दुई यात्रु घाइते भएका छन् । टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।

घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । घाइते अरु दुईजना महिला हुन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्