अन्तर्राष्ट्रिय

ट्रेनभित्र चक्कु प्रहार, एकको मृत्यु, दुई महिला घाईते ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। बुटेल ट्रेनभित्र एक व्यक्तिले चक्कु प्रहार गरेर एक यात्रुका हत्या गरेका छन् । जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।

स्थानीय संचारमाध्यमहरुका अनुसार चक्कु प्रहारबाट अन्य दुई यात्रु घाइते भएका छन् । टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।

घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । घाइते अरु दुईजना महिला हुन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ ।।