गृह मन्त्रालयको प्रस्ताव अस्वीकार, अब नेपाल प्रहरीमा ३ जना मात्र एआईजी ।।



सैघाली खबर, २७ जेठ।
नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्