प्रदेश ३

गृह मन्त्रालयको प्रस्ताव अस्वीकार, अब नेपाल प्रहरीमा ३ जना मात्र एआईजी ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।।