चिहानबाट निकालेर मान्छेको खपटा किनबेच !



सैघाली खबर, २७ जेठ।
चिहानमा गाडिएको मान्छेको शवलाई उत्खनन् गरेर खपटा किनबेच हुने गरेको खुलेको छ । काठमाडौं प्रहरी परिसरले मान्छेको खपटाको विक्री गर्न लाग्दा दुई जनालाई पक्राउ गरेसँगै मानव खपटा किनबेच हुने गरेको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरको नेतृत्वमा खटिएको टोलीले बौद्धबाट मान्छेको खपटासहित निमा तामाङ र छिरिङ तामाङलाई पक्राउ गरेको छ ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले सुन्दरीजलको चिहानबाट खनेर खपटा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्रोतका अनुसार त्यस खपटालाई धार्मिक कार्यमा प्रयोग गर्नका लागि भन्दै ७ लाख रुपैयाँमा विक्री गर्न लागिएको थियो । थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्