आर्थिक

हप्ताको पहिलो दिनै सुनको भाउ बढ्यो ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो ।

सुन आज तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।