मौसमविदले भने, नदी आसपासमा बसोबास गर्नेहरु सचेत हुनुहोस् ।।



सैघाली खबर, २७ जेठ।
मनसुन सुरु भैसकेकाले नदी आसपासको क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । माथिल्लो भेगमा पानी परेपछि सानै खोलामा पनि बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बताए ।

उनका अनुसार अहिले तीन दिनको लागि ठूलो बाढी वा पहिरो आउने जोखिम नभएपनि माथिल्लो भेगमा पानी पर्दा तल्लो भेगमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ । यस्तै गएका वर्षहरुमा पहिरो धेरै जाने ठाउँमा पनि सतर्कता अपनाउन उनको सुझाव छ । शाखाले सोमबारदेखि ११५५ मा फोन गर्नेलाई कुन ठाउँमा बाढीको जोखिम छ भन्ने बारेमा जानकारी पनि दिने तयारी गरेको छ ।

यस्तै बाढी पहिरोको जोखिमबारे ७७ वटै जिल्लामा जानकारी दिने तयारी पनि भैरहेको छ । यसैबीच मनसुन सुरु भएकाले देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । पूर्व र मध्य क्षेत्रमा मनसुको प्रभावले र पश्चिममा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार शुक्रबार बेलुकी पूर्वमा प्रवेश गरेको मनसुन सोमबार बेलुकासम्ममा मध्य क्षेत्रमा फैलनेछ । त्यसपछि भने झरी सुरु हुने उनको अनुमान छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्