अस्पतालभित्रको रहस्य, कस्ले राख्यो कर्मचारीको लकरमा पेस्तोल र ३ राउण्ड गोली ?



सैघाली खबर, २७ जेठ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गोली बरामद गरेको हो ।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन । ‘त्यहाँका स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना समेत जारी गरेको रहेछ’, परिसरका डिएसपी मोहन थापाले भने, ‘ज–जसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो

। तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको थियो । र, खोल्दा पेस्तोल भेटिएको हो ।’ स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्