मन्त्रिपरिषदको निर्णयले कामिनीको पद जोगाईदिएकै हो त ?



सैघाली खबर, २७ जेठ।
नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद जोगिएको छ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो । कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेको छ । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ ।

योसगै उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ । तर, उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्तनामा गराइएको स्रोतले जनाएको छ । एकपटक उनलाई मौका दिने निर्णय भएको छु स्रोतले भन्यो । उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयााले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो ।

टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्द्यै स्पष्टीकरण सोधिएको थियो । राजभण्डारीलाई बर्खास्त गर्ने योजना सञ्चार मन्त्रालयले बनाइसकेको थियो । तर, स्पष्टीकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउँबाट दबाब समेत पारिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिकमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो ।त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो । कामिनीलाई सबै आरोपबाट सफाइ नदिइएको तर सचेत गराउने निर्णय भएको स्रोतले जनाएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्