किवानिज शैक्षिक सम्मेलन पोखरामा



काठमाडौँ, २७ जेठ  । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालले शैक्षिक सम्मेलन गर्ने भएको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । किवानिज इन्टरनेशनल नेपालको केन्द्रिय कमिटिको बैठकले आगामी भदौँ १५ गते पोखरामा शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले तीन दिनसम्म सञ्चालन हुने उक्त शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिर्वाय उपस्थिति हुने बताउनुभयो । उहाँले सम्मेलनमा किवानिजको अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमलेबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधि सिकाईने जानकारी दिनुभयो । सचिव लम्सालले यस सम्मेलन मार्फत् आगामी बर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फ्त अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २१ वटा किविनिज क्लवमा ५ सय भन्दा बढि सदस्य आवद्ध रहेको उल्लेख गर्नुभयो । ‘सिन्धुपाल्चोकमा १ हजार भन्दा बढि बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं । नवलपरासिमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडमा सडक बालबालिकाका लागि मामा घर नेपाल, पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेसनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेसनरी प्रदान गदैँ आएका छौँँ । यस्तै संखुुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं’ उहाँले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्