प्रदेश २

धान रोप्दै गर्दा गर्मीले बेहोस भएर मृत्यु ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।

आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।।