प्रदेश ६

सर्पले डसेर किशोरीको ज्यान गयो ।।

By थाहा अनलाइन

June 10, 2018

सैघाली खबर, २७ जेठ। तुर्माखाद गाउँपालिका–४ की १६ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भएको हो । यो खबर अछामको हो । घर नजिकैको भैसी बाँध्ने गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो ।

भाई र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाद गाउपालिकाका उपाध्यक्ष अमृता बुढाले बताइन् । मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिईन् ।।