राप्रपाको दोस्रो जित झापाको हल्दीबारीमा



१९ असार
झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा राप्रपाले जित हासिल गरेको छ।

गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाका रवीन्द्र प्रसाद लिङ्देनले एमाले उम्मेदवार मञ्जु सिटौलालाई उछिनेका हुन्।

उनले कुल ३९४३ मत ल्याइ सिटौलालाई पराजित गरेका हुन्। योसँगै राप्रपाले दोस्रो चरणको निर्वाचनमा दोस्रो जित हासिल गरेको छ।

यसअघि झापाकै कचनकवल गाउँपालिकामा राप्रपाले जितेको थियो। पहिलो चरणको निर्वाचनमा धादिङको रुबीभ्यालीमा मात्र राप्रपाले जितेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्