ढुङ्गा बालुवा उत्खनन रोक्न सर्वसाधारणको माग 



 

दाङ, २७ जेठ ।  आफूहरुको गाँस नै हराउने गरि अत्याधिक ढुङ्गा बालुवा उत्खनन कार्य भइरहेको भन्दै तत्काल रोक्न दाङका सर्वसाधारणले माग गरेका छन् । खेती पातीको सिजन सुरु भएसंगै स्थानीय तुलसीपुर १२ मा पर्ने हरिपौरी, रझेनी, बासबोट र हरिपौराको गनार खेत नजिक ग्वार खोलामा स्काभेटर लगाई ढुङगा बालुवा उत्खनन कार्य रोक्नमाग गरेका छन् । उनिहरुले ग्वारखोलामा भइरहेको ढुङ्गा बालुवा उत्खनन् कार्य तत्काल रोक्न माग गर्दै आज डेलिगेसनसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भइरहेकाले तुलसीपुर उपमहानगरपालिका, प्रहरी प्रशासनसँग उत्खनन कार्य रोक्का गरिदिन माग गरेका हुन् ।

त्यस क्षेत्रमा ढुङ्गा बालुवा उत्खनन हुँदा सयौं बिगाहा खेतीयोग्य जग्गालाई वाढीले नोक्सानी पुर्याउने सम्भावना भएकाले उक्त उत्खनन कार्य तत्काल रोक्का गरिदिन तुलसीपुर उपमहानगरपालिकासँग आग्रह गरेपछि प्रशासनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा नदी जन्य पदार्थ उत्खनन रोक्का गरिएको सम्बन्धमा पत्र पठाएको छ । यसअघि ४ दिन सम्म ढुङ्गा बालुवा उत्खनन् कार्य रोक्न फिल्डमा जादा उल्टै ठेकदारहरुले हातपात गर्दै अटेर गरिरहेको, प्रहरीसँग सहयोग माग्दा पनि सुनुवाई नभएको भन्दै  किसानहरुले डेलिगेसन दिइराखेपछि तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङका सरोकारवाला सबैमा उत्खनन कार्य रोक्का गरिदिन अनुरोध गरिएको पत्र पठाएका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्