जर्मनले भन्यो, ‘ट्रम्पको अभिव्यक्तिले अमेरिकाप्रतिको विश्वास टुट्दैछ”



जर्मनी, २८ जेठ
एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको ट्वीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भने,“जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्वीटर सन्देशले वासिङ्टन र यूरोपबीचको विश्वासिलो सम्बन्धलाई ‘तोडेको’ छ ।”

एउटा ट्वीटले अमेरिका र यूरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्नपनि सक्छ । त्यसैले यूरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ, मासले आफ्नो ट्वीट सन्देशमा भने । “एकतावद्ध यूरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्