सरसफाई सप्ताहको अबसरमा घोराही – तुलसीपुर सडक खण्डको सरसफाई



दाङ २७ जेठ ।४६ औ विश्व वातावरण दिवस सप्ताह समापनका अबसरमा पूर्ण सरसफाईअभियान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । दिवसका अबसरमा घोराही स्थित जलजला बचत तथा ऋण सहकारी संस्थाले घोराही तुलसीपुर सडक खन्ड सरसफाई गरेको छ ।

 

घोराही स्थित रतनपुर चोकबाट सुरु भएको सरसफाई अभियान रतनपुर चोक,बद्धि ग्यारेज, विद्या निलकण्ड चोक हुदै तुलसीपुरचोकमा पुगी समापन गरिएको थियो । सप्ताहका अबसरमा सहकारी संस्थाका कर्मचारी शेर सदस्य पत्रकार राजनितिक अगुवा लगाएतको सहभागिता थियो ।

समापनका अबसरमा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले समृद्धिका लागि प्रत्येक व्यक्तिले आनीवानीमा सुधार गर्नुपर्नै वताउँनुभयो । सरसफाई विकासको पहिलो आधार भएको भन्दै मेयर चौधरीले आर्थिक विकासका लागि सबैले सरसफाईमा ध्यान दिनुपर्ने बताउँनुभयो । त्यस अबसरमा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी लगाएतले वोल्नु भएको थियो । जलजला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश पुनले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्