दोलखामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, आठ यात्रु घाइते



चरिकोट, २८ जेठ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्