चट्याङ पर्दा एक किसानको तीन गोरु मरे,हावाहुरीले घरका छाना उडायो



दाङ २८ जेठ। दाङमा आइतवार बेलुका परेको चट्याङले एकजना किसानका तीनवटा गोरु मरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जनाएका छन् । पश्चिम दाङको शान्ति नगर गाउँपालिका वडा नं। ४ मा मोहन चौधरीका तीनवटा गोरु चट्याङ लागेर मरेका हुन ।
बेलुका ८ बजेतिर परेको चट्याङले लागेर चौधरीका तीन वटा गोरु मरेको डिएसपी रामप्रशाद घर्तीले जानकारी दिएका छन।

त्यस्तै हावाहुरीले शान्तिनगर ३ मा ६ वटा स्थानीयको टिनको छाना उडाएको छ । आइतवारको हावाहुरीले स्थानीय भदी वली, खड्गबहादुर विक, रामबहादुर रेउले, कालुराम सुनार, कृष्ण खत्री र कली रेउलेको टिनको छाना उडाएको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्