सामुहिक मिलेर एक महिलालाई कुटपिट गर्ने २ जना महिलाहरु भालुवाङ प्रहरीको नियन्त्रणमा



दाङ २८ जेठ।

राप्ती गाउँपालिका १ भालुवाङमा दुई जना महिलाको कुटाईबाट अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका ९ ठाडाखोला निवासी वर्ष ३८ वर्षिया दिलमाया पुन घाईते भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन।
कुटपिट गर्ने दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भालुवाङ निवासी वर्ष २९ कि अनिता गुप्ता र वर्ष ३५ की रेखा गुप्ता कुटपिट घटनामा सलग्नहरु रहेको प्रहरीले जनाएको छ ।  उनीहरुले सार्वजनिक स्थानमा कुटपिट गरेको भन्दै उनीहरुलाई आज  म्याद थप गरी सार्वजनिक मुद्धा चलाईने तयारी गरीएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।जग्गाको विषयमा उनीहरुले आफुमाथी कुटपिट गरेको पिडितले प्रहरी समक्ष बताएकी छिन् ।साथै घटनामा सम्लग्न अन्य व्यक्तिहरुको समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्