प्रधानमन्त्री कपको उपाधि कस्लाई ?



सैघाली खबर, २८ जेठ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए । ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।

यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए । आर्मीका सोमपाल कामीले तीन साथै बिक्रम सोबले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।

उसका लागि भीम सार्कीले ४८ बलमा ४५ रन, सोमपाल कामीले ३३ बलमा ३६ रन, विनोद भण्डारीले २५ बलमा ३५ रन साथै राजेश पुलामी मगरले ५३ बलमा २७ रन बनाएका थिए । आर्मीको ब्याटिङ कमजोर पार्न एपीएफका करण केसीले तीन, बसन्त रेग्मीले र भुवन कार्कीले दुई/दुई साथै पवन सर्राफ र अमर सिंह रौटेलाले एकरएक विकेट लिए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्