शिक्षक र स्वास्थ्यकर्मीहरुलाई रक्त अल्पता सम्बन्धि जानकारी



सुशिल बस्नेत।
दाङ,२८ जेठ।
किशोरीहरुमा हुने अल्पता कम गर्न शिक्षक र स्वास्थ्यकर्मीहरुलाई आईरन फोलीक एसिडका बारेमा दाङमा जानकारी दिन शुरु गरिएको छ ।तुलसीपुर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्यकर्मी,मावि र निमाबिमा कार्यरत स्वास्थ्य बिषयका शिक्षक शिक्षिकाहरुलाई उक्त समस्या न्यूनिकरणका लागि जानकारी दिएको हो ।

देशभर ४० प्रतिसत बढी किशोरीहरुमा रक्त अल्पताको समस्या देखिएको र त्यसकै अनुपातमा दाङमा उक्त समस्या देखिएकाले पनि यसप्रति सरोकारवाला पक्ष गम्भीर रहेको सुआहारका अधिकृत अनुष्का केसीले जानकारी दिनुभयो । स्वास्थ्य बिषयमा लामो समयदेखि अध्यापन गराएकी उषा गौतम र शिक्षक ओवीलाल वलीलाई यस कार्यक्रमले केही उर्जा प्राप्त भएको छ ।

बिद्यालयमा अव किशोरीहरुलाई रक्त अल्पता केहो र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता एबम शिक्षा शाखाका प्रमुख भाष्कर गौतमको प्रमुख आतिथ्यमा ४० जना शिक्षक र स्वास्थ्यकर्मीहरुलाई आईरन,फोलिक एसिड बितरण कार्यक्रम गरिएको हो । त्यस अबसरमा सु–आहाराका अधिकृत अनुष्का केसी र उपमहानगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक बिष्णुकुमार गिरीले प्रशिक्षण दिनुभएको थियो । स्वागत मन्तब्य स्वास्थ्य शाखाका प्रमुख डाक्टर गोर्कण दाहाल र सहजिकरण बिष्णुकुमार गिरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्