दाङमा पनि नक्कली नोटको कारोबार



दाङ ,२८ जेठ दाङको घोराहीमा नक्कली नोटको कारोबार हुने गरेको तथ्य फेला परेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनलाई सोमबार ५ सयका १२ वटा नोट दिएपछि यस्तो तथ्य बाहिर आएको हो ।


छोराले भारतबाट पठाएको साढे ७ हजार रुपैयाँ भारु सटहीका लागि फुर्सी उक्त भाँडा पसलमा गएको र उनिहरुले ५ सयका १२ वटा नक्कली नोट दिएको थिए । उक्त पैसाले घोराही १८ मसिनाका बमबहादुर कवरसँग बालुवा किन्ने क्रममा नक्कली नोट भएको थाहा भएको हो ।
उक्त नक्कली नोट दिने अजय र अमितले भने आफुहरुलाई पनि ग्राहकले दिएको दावि गरेका छन तर उनिहरुले बिक्रि गरेको समानको बिल नभएको बताएका छन । उनिहरुलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।श्रोत जागरण अनलाईन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्