हराएको ३३ किलो सुन काठमाडौंको न्युरोडमा भेटियो



काठमाडौँ, २९ जेठ
सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालय अन्तर्गत गठन भएको छानविन समितिले सोमबार काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो ।

सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदी लगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले सोमबार  छापामारी गरगहना नियन्त्रणमा लिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्