उपप्रधान तथा परराष्ट्रमन्त्री महरा र भारतीय विदेश मन्त्री स्वराज बीच भेटबार्ता



२० असार 

उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र भारतीय विदेश मन्त्री शुस्मा स्वराज बीच भारतको नयाँ दिल्लीमा शिस्टाचार भेट भएको छ । दिल्ली स्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरि दुई नेता बिचको भेटघाटमा नेपाल(भारत द्विपक्षीय सम्बन्ध मजबुत गराउदै एक राष्ट्रले अर्को राष्ट्रको हितका लागि सहयोग गरि दुई मित्र राष्ट्र बिचको मित्रता मजबुत बनाउने तथा नेपालको विकास निर्माणमा भारतीय सहयोग, व्यापार र पारवहन, क्रस बोर्डर पूर्वाधार, जलविद्युत परियोजनाहरूमा लागानी गर्ने जस्ता बिषयमा दुई नेता बीच छलफल भएको बताएको छ ।
भेटमा विदेश मन्त्री स्वराजले नेपालले दुई चरणमा भएको स्थानीय चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा नेपाल सरकार सरकारका उप प्रधानमन्त्री महरालाई बधाई दिएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्