२ सय ७५ तहको परिणाम सार्वजनिक, एमालेको अग्रता कायमै



असार २०


दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्लाहरुको मतगणनाको काम अन्तिर चरणका पुगेको छ । अहिलेसम्म ८० प्रतिशत भन्दा बढि स्थानको मतपरिणाम आइसकेको छ । ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये बिहान सवा ८ बजेसम्म २ सय ७५ तहको परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा जित हाँसिल गरेको छ । एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २० स्थान सुरक्षित गरिसकेको छ । कांग्रेस १०३ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिक ५ सिटसहित पाँचौं स्थानमा रहेको छ । राप्रपाले तीन र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तह जितेको छ भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्