ट्रम्प र किमद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर



सैघाली खबर, २९ जेठ।
ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । दस्तावेजमा के छ भनिएको छैन ।

केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए ।

कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए । उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए । दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्