नेकपाले मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने, स्कुल कस्को नाममा ?



सैघाली खबर, २९ जेठ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ । ब्राजिलमा मार्क्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कूल स्थापनाबारे अध्ययन गरिएको बताए ।

ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका नेताद्वयले नेपालमा माक्र्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताएका छन् । नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्रा्ष्ट्रिय समुदाय खुसी रहेको बताए । उनले नेकपाको एकताले अन्तर्रा्ष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिस्टलाई उत्साह जगाएको दावी समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि जानकारी दिए । दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्विपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्