महानगर र उपहमनगरका नतिजा आउन दुईदिन लाग्ने



असार २०

बिराटनगर महानगरपालिका सहित ५ उपमहानगरको मतगणना जारी छ । दुईवटाको मत परिणाम सार्वजनिक भइसकेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भइसकेको छ । नेपालगञ्जमा राप्रपाले जितेको छ । एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै गरेका छन् । कांग्रेसका उम्मेदवार भीम पराजुलीले एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विनोद ढकाललाई पछाडि पार्दै मतगणनामा अग्रता लिइरहनुभएको छ । त्यसैगरी निर्वाचन भएका अन्य पाँच वटा उपमहानगरपालिकामध्ये चार वटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । सुनसरीको ईटहरी र धरान, रुपन्देहीको बुटवल र दाङको तुल्सीपुर उपमहानगरपालिकामा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ती उपहानगरमा एमालेले जित्ने आँकलन गरिएको छ । परिणाम आउन कम्तिमा दुई दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्