सैघाली खबर, २९ जेठ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार लोकतन्त्रको लागि खतरा रहेको बताएका छन् । ‘भ्रष्टाचारविरुद्धको अभियान र शैलजा आचार्य’ विषयक मंगलबार काठमाडौंमा भएको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानमा आचार्यले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
लोकतन्त्रको अनुभूति भ्रष्टाचारको अन्त्यबाट गर्नसकिने भन्दै उनले भ्रष्टाचार अन्त्यका लागि नेपाली कांग्रेसले खबरदारी गर्ने बताए । वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको बताउँदै उनले कांग्रसेले निरंकुशताको विरुद्ध लड्ने बताए । उनले सरकार जनताको काममा नभइ कार्यकर्ताको पालनपोषणमा लागेको आरोप लगाए ।।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।