दाङ २८ जेठ।
बढ्दो गर्मीका कारण पठन पाठन प्रभावित हुदै गएपछि दाङका निजि बिद्यालयहरु भोली देखी तीन दिन बन्द हुने भएको छ ।निजि विद्यालयहरुको छाता संगठन प्याबसन र एन प्याबसनले आज संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै बढ्दो गर्मीका कारण विद्यार्थीको संख्या पनि घटेपछि भोली र पर्सी बिदा गरिएको उल्लेख गरेका छन् ।
प्यावसनका अध्यक्ष यादव गिरी र एनव्यावसनका अध्यक्ष भिमबहादुर बुढाथोकीले जारी गर्नुभएको बिज्ञप्तीमा बढ्दो गर्मीका कारण विद्यार्थीहरु बिरामी हुने र विद्यालयमा संख्या घटदै गएपछि भोली देखी असार १ गते सम्म तीन दिन निजि विद्यालयहरु बन्द गरिएको उल्लेख छ ।
साथै विज्ञप्तीमा गर्मी मौसममा स्वास्थ्यमा देखिन सक्ने जटिलताहरुलाई बिषेश ख्याल गर्न समेत विद्यार्थी तथा अभिभाबकहरुलाई अपिल गरिएको छ । गर्मी मौसममा देखिने स्वास्थ्य समस्याहरुले पठन पाठनमा असहजता ल्याएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।