१२ वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा



मिना बुढाथोकी

सल्यान, २९ जेठ । जिल्लामा मदिरा तथा मदिराजन्य पदार्थ नियन्त्रण अभियान थालेको प्रहरीले अहिले शंकास्पद रुपमा चलिरहेका मोटरसाईकल समेत कब्जामा लिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले शंकास्पद रहेका मोटर साईकल नियन्त्रणमा लिएको जनाएको छ । अहिले प्रहरी कार्यालय परिसरमा १२ वटा मोटरसाईकल रहेका छन् । जसमा केही चोरीका मोटरसाईकल रहेको र केही कागजपत्र नपुगेका रहेको प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले बताए ।

मोटरसाईकल नियन्त्रणमा लिएदेखी केहीले प्रमाण पु¥याएर फिर्ता लिएको र कागजात नपुगेका मोटरसाईकल भने प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा थन्काएको उनले बताए । विगत एक वर्ष यता १२ वटा मोटरसाईकल प्रहरी कार्यालय परिसरमा रहेका छन् । यस्तै ईलाका प्रहरी कार्यालय लुहाम, कालीमाटी, श्रीनगरमा पनि यस्ता मोटरसाईकलहरु बरामद गरिएको जनाईएको छ ।

जिल्लामा यसरी अवैधानिक रुपमा प्रहरीको आँखा छली गरेर मोटर साईकल चलाउन खोज्ने व्यक्तिको बारेमा गोप्य जानकारी पाए घरबाट नै यस्ता सवारी साधन जफत गर्ने प्रहरी प्रमुख डिएसपी विकले बताए । जिल्लामा छिटपुट रुपमा चोरीको मोटरसाईकल चलाई रहेको विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको उनले बताए । यस्ता मोटरसाईकललाई १५ देखी २० हजार मूल्यमा खरीद विक्री गर्ने गरेको पाईएको उनले बताए ।

यता ट्राफिक प्रहरी कार्यालय सल्यानले पनि तिन वटा चोरीका मोटरसाईकल भन्सार कार्यालयमा पठाउने तयारी गरेको जनाएको छ । ट्राफिक कार्यालय श्रीनगरका ईन्चार्ज गोपाल शर्माले मोटरसाईकल नियन्त्रणमा लिए यता आफहरुले यातायात कार्यालयमा मोटरसाईकलको नम्बर सहित जानकारी पत्र पठाएको र यातायातबाट प्राप्त पत्र अनुसार तिन वटा मोटरसाईकल चोरीको ठहर भएपछि भन्सार पठाउन लागिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्