राजपाको बैठक बस्दै, भावी रणनीतिका विषयमा छलफल



असार २०

स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले आगामी रणनीति बननाउन छलफल गर्दैछ । हिजोको बैठकपछि राजपाले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको हिजो राजधानीमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । आज राजपाले थप छलफल गर्दैछ । दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन आज अर्को बैठक बस्न लागेको नेताहरुले बताएको छन् । पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा विवाद उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने भएका छन् । राजपालाई नजिकबाट बुझ्नेहरुले दल दर्ता प्रक्रिया चुनावमा जानकै लागि अघि बढाउन लागिएको दाबी गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्