बुझेकै बाटै कानुनको उल्लङघन हुन्छ न्यायधीस पौडेल



 

दाङ ,२९ जेठ । उच्च अदालत तुलसीपुरका न्यायधिस महेश शर्मा पौडेलले कानुन जाने बुझेकै बाट उल्लघन हुने गरेको वताउँनु भएको छ ।

५ नंं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले तुलसीपुरमा आयोजना गरेको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि र सवारी दुर्घटना कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो वताउँनु भएको हो ।

 

‘सर्वसाधारण देखि ठूलो व्यक्तिले पनि कानुन मिच्ने का उहाँले भन्नुभयो ’ मुख्य न्यायधिस पौडेले भने, ‘ कानुनको पालना गर्न बुझेको मान्छेले पनि कठिन मान्छन ।’ कानुन कार्यान्वयन र ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटना घटेर जाने भन्दै न्यायधिस पौडेलले ट्राफिक जनशक्ति पनि बढाउनु पर्ने वताउँनुभयो ।‘विदेशी मुलूकमा जेब्राक्रसीङबाट वा अन्य कुनै ठाउँबाट यात्रुले सडक पार गरेपनि सवारी चालकले उनिहरुलाई जान दिएर मात्रै आफु अगाडी बढ्ने गरेको बताए ।

५ नंं। प्रदेश प्रहरीकार्यालयका प्रमुख तथा प्रहरी अतिक्ति महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी, गजेन्द्र श्रेष्ठ, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौंधरी, नेपाल पत्रकार महासंघ दाङक उपाध्यक्ष लिला शाह, महिला रक्षक संजाल दाङका अध्यक्ष सुष्मा गिरी लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले गरेका थिए । सम्मेलनमा १२ जिल्लाका अधिकृत तहका करिब दुई सय बढिको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्