असार २०
टीकापुर नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । सोमबार राति घोषणा भएको मतपरिणामअनुसार टीकापुर नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार तपेन्द्र रावल विजयी हुनुभएको छ । रावलले पाच हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो भने उहांँका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापाले पा“च हजार छ सय १० मत पाउनुभयो । नेपाली कांग्रेसका जंगबहादुर साउदले पाच हजार पाच सय २५ मत र फोरम लोकतान्त्रिकका लौटन चौधरीले पाच हजार चार सय ८१ मत प्राप्त गर्नुभएको छ । टीकापुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका केशरी विष्ट ६ हजार २ सय २६ मत ल्याएर विजयी हुनुभएको छ । उहांँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले पांँच हजार पांँच सय ५३ मत पाउनुभएको छ । यसैगरी फोरम लोकतान्त्रिकका उम्मेदवार सुदेशनी चौधरीले पाच हजार एक सय १८ र एमालेका कमला केसीले पांँच हजार ३८ मत पाउनुभयो । त्यस्तै, वडा नं. १ को वडाध्यक्ष सहित पुरै प्यानल एमालेको विजयी भएको छ । वडा नं. २ बाट एमालेकै प्रकाशबहादुर बुढा विजयी हुनुभएको छ । वडा नम्बर ३ मा फोरम लोकतान्त्रिकका रामसेवक महतो, ४ बाट लालवीर चौधरी, ५ बाट रामशंकर डंगौरा, ६ बाट बलिराम चौधरी विजयी हुनुभएको छ । वडा नम्बर ७ मा माओवादी केन्द्रका रामलाल चौधरी, ८ मा दीर्घ ठकुल्ला र ९ मा लौटन चौधरी विजयी हुनुभएको छ । उपप्रमुख जितेको कांग्रेसले कुनै पनि वडामा जीत हाँसिल गर्न सकेन । एमाले २, माओवादी ३ र फोरम लोकतान्त्रिक ४ वटा वडामा विजयी भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।