वालश्रम बिरुद्धको दिवसमा झोला पाएपछि……



 

तुलसीपुर ३० जेठ ।

नयाँ झोला पाएपछि तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ सुन्दरनगरकी बिनिता बिकले मुहारले देखाईरहेको थियो उनको खुसी । ज्ञान ज्योती प्राबिमा अध्ययन गर्दै आएकी बिनितालाई मंगलबार परेको बिश्व बालश्रमीक बिरुद्धको दिवसमा उनलाई दिईएको झोला देखोर उनी निकै खुसी भएको उनको मुहारले देखाउथ्यो । त्यस्तै खुसी भएकी थिईन्, तुलसीपुर ६ कै मनिषा चौधरी पनि । उनले पनि एउटा नयाँ झोला पाईन्, र निकै खुसी भईन् । झोला देख्दा नै खुसी भएका उनीहरुका अनुहार झोला भित्रको बिद्यालय पोषाक, कपी, कलम देख्दा झनै खुसीको सिमा नै थिएन् । गरिब,बिपन्न, तथा बालश्रमिक बालबालिकालाई नयाँ कपडा, कपी, कलम देख्दा खुसी हुनु नौलो कुरा होईन्, उनीहरुलाई खुसी दिलाउन सक्नु नयाँ कुरा हो । यसरी खुसी दिलाउन मद्धत गरेको थियो, तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ मा गठित वाल संरक्षण तथा सम्बद्र्धन समितिले । ती दुईबालिकालार्ई मात्र होईन्, तुलसीपुर उपमहानगरपालिका ६ का १३ जना बालबालिकालाई खुसी दिन सफल भएको छ । दिवसकै अबसरमा गरिब, बिपन्न, बालश्रमिकहरुलाई पठनपाठनमा प्रोत्साहन दिन न्यूसिपिसी र बालक्लबको सहकार्यमा शैक्षिक सामग्री बितरण गरिएको हो । कुनै पनि बालबालिका आर्थिक अभाब भएकै कारण पढाईबाट बञ्चित हुन नपरोस भनी उनीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको आयोजकले बताएका छ ।

समितिका संयोजक दुजमान भण्डारी‘बर्षात’को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंम्रब ६ का अध्यक्ष नबराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरि शैक्षिक सामग्री बितरण गरिएको हो । त्यस अबसरमा प्रमुख अतिथि लामिछानेले वडा नंबर ६ लाई तुलसीपुरकै पहिलो बालमैत्री वडा घोषण गर्ने योजना अनुसार उक्त कार्यक्रम गरिएको बताए । बालमैत्री वडा निर्माण भएमा मात्रै समृद्ध वडा हुने भन्दै उनले वडालाई बालमैत्री बनाउनु पर्ने बताए । त्यस अबशरमा ज्ञान ज्योती प्राबिका प्रधानाध्यापक मेघराज घिमिरे, महिला अधिकारकर्मी देवा बस्नेत, न्युसिपिसिका अध्यक्ष निसा लामिछाने, हरिकला वली, बालिका यमुना पौडेल, सगरमाथा बालक्लबका अध्यक्ष मदन भुषाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । समितिका सदस्य सचिब निरला अर्याल गैरेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक नानुमैया केसीले गरेकी थिईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्