जेठ ३० काठमाडौं । अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा छ। काँसको थालमा ३३ वटा मालपुवा राखी नारायणका ३३ नामले पूजा गरी ब्राह्मणलाई दान गर्ने विधान छ। महिनाभर चलेको पुरुषोत्तम माहत्म्य पाठ पनि बुधबार नै सम्पन्न हुँदैछ। पुराणअन्तर्गतको पुरुषोत्तममास माहत्म्यमा अधिकमासको उत्पत्ति र पुरुषोत्तम नामकरण आदि विभिन्न प्रसंग बताइएको छ। अधिकमासभरि पुरुषोत्तम माहात्म्य पाठ गरी भगवान् नारायणको आराधना गरिन्छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण ९मच्छेनारायण० मन्दिरमा लागेको मेला पनि बुधबार नै सम्पन्न हुँदैछ। विष्णुले यही रहेको तलाउमा मत्स्यरूप लिई विचरण गरेको धार्मिक विश्वास छ। मलमासभर उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणको मन्दिरमा पनि घुइँचो लागेको थियो। सौरमास र चान्द्रमासको अन्तरले अधिक ९बढी० हुन आएको मास मलमासका रूपमा निन्दित भएको त्यसलाई भगवान् नारायणले अधिपति बन्न स्वीकार गरेकाले यो समयलाई पुरुषोत्तम मास भनिएको माहत्म्यमा उल्लेख छ। त्यसैले यो महिनाभर नारायणको आराधना गरिन्छ। एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुन्छ। सामान्य रूपमा एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै मलमास भएको पुराणवाचक पं।बालमुकुन्द देवकोटा बताउँछन्। मलमास २७ देखि ३२ महिनामा पर्छ। यो पटक मलमास यही जेठ २ गते सुरु भएको थियो। अर्को मलमास २०७७ मा पर्ने बताइन्छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।