ट्रिपरमाथि आगजनी, स्कुटर चालकको ज्यान गयो, दुर्घटनापछि सडक अबरुद्ध



सैघाली खबर, ३० जेठ।
काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्