सुनकाण्डः बाजेको सेकुवा कर्नरमा प्रहरीको छापा, उपत्यकाका ६ वटा शाखामा शिलबन्दी



सैघाली खबर, ३० जेठ।
३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । विभिन्न ठाउँमा रहेको ६ वटा शाखाहरुमा अनुसन्धान समितिले छापा मारेको हो । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् ।

उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारीको र एउटा उनको सालो सञ्चालक गरेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ ।

सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ । अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो । शाक्यको ज्वेलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्