दाङको बबईमा एमाले विजयी



दाङ,२० असार
दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का भुवनेश्वर पौडेल चार हजार २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका कुलबहादुर केसीले तीन हजार ९५९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले चार हजार ४१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवकुमारी केसीले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी सोमबार जानकारी दिनुभयो ।

सोह्र हजार ८७ मतदाता रहेको बबई गाउँपालिकामा ११ हजार ९०८ मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्