सैघाली खबर, ३० जेठ
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् ।
कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी समेत गरे । आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको उनको दाबी छ । कार्यक्रममा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको थियो ।।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।